अखिल क्रान्तिकारीका अवकाशप्राप्त महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन सिफारिस
काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) का अवकाशप्राप्त सचिवालय सदस्यहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरिएको छ । उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको इन्चार्ज तथा कार्यदल सदस्य हिमाल शर्माले जानकारी दिए ।
उनीहरुले कार्यदलले तयार पारेको प्रतिवेदन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । माघ ८ गते बसेको कार्यदलको बैठकले सोपान अनुसार विद्यार्थीका रुचि र क्षमताअनुसार जिम्मेवारी दिनेगरी निर्णय गरेको शर्माले रातोपाटीलाई बताए ।
‘सोपान अनुसार विद्यार्थीको रुचि र क्षमता अनुसार पार्टीको जिम्मेवारी दिने गरी निर्णय गरेका थियौँ । सो प्रतिवेदन आज अध्यक्ष प्रचण्डलाई बुझायौँ । हामीले सिफारिस गरेका हौँ । अब पार्टीले निर्णय गर्छ’, शर्माले भने ।
अवकाशप्राप्त उपमहासचिवदेखि तलकालाई प्रदेश समिति, केन्द्रीय विभाग वा पार्टीका कुनै तहमा व्यवस्थापन गर्न सुझाव दिएको पनि उनले जानकारी दिए ।
पुस १३ गते अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्नेबारे भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । उमेर हदका कारण झन्डै हजार जना विद्यार्थी नेताहरू बाहिरिएका थिए ।
पुरानो समितिमा १७९ जना पदाधिकारीमध्ये १३८ जना बाहिरिएका छन् । तीमध्ये अध्यक्ष पञ्चासिंह केन्द्रीय सदस्य छिन् । निवर्तमान उपाध्यक्ष र महासचिव गरी १८ जना उमेर हदका कारण बाहिरिएका थिए ।
अवकाश विद्यार्थीलाई व्यवस्थापन गर्नका लागि पुस २३ मा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले उपमहासचिव बस्नेतको नेतृत्वमा व्यवस्थापन कार्यदल गठन गरेको थियो । सदस्यमा शर्मा र सिंह छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण