भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या
सोमबार, २१ माघ २०८१, २० : ४२
काठमाडौँ । भारतको उत्तर प्रदेशमा फाइबर केबल चुँडिदा इन्टरनेटमा समस्या आएको नेपाल टेलिकमले औपचारिक रूपमा जानकारी दिएको छ ।
टेलिकमले सोमबार एक सूचनामार्फत आपूर्तिकर्ताहरू मध्ये भारतको ‘भारती एयरटेल लिमिटेड'को उत्तर प्रदेशस्थित फरेन्दा र कोल्हुइ बजार क्षेत्रका दुई स्थानमा फाइबर केबल चुँडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको जनाएको हो ।
सोही कारणले गर्दा माघ २० गते राति ९ः०७ देखि १०ः३० सम्म टेलिकमको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न हुन गएको सूचनामा उल्लेख छ । टेलिकमले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ । सोही कारणले टेलिकमबाहेक अन्य कम्पनीका इन्टरनेटमा समेत समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण