योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
सोमबार, २१ माघ २०८१, २२ : ३८
खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर आज जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो ।
विश्वविद्यालयका अध्यक्ष डा.अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्वविद्यालय स्थापनाका लागि भइरहेका प्रयास र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए ।
कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको र खाँदबारी नगरपालिका–९ को ढुङ्गेबिसौनामा पाँच सय रोपनी जग्गा विश्वविद्यालयका लागि अधिग्रहण गरिसकिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
-
कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण