राजनीतिक दलहरू गम्भीर नहुँदा संसद्ले कानुन निर्माण गर्न सकेन : सन्तोष परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरू गम्भीर नहुँदा संसद्ले कानुन निर्माण गर्न नसकेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक परियारले राजनीतिक पार्टीहरूले कानुन निर्माणको विषयलाई गम्भीरताका साथ लिए संसद्ले कानुन निर्माण ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । उनले सांसदहरूकै कारण कानुन निर्माण सुस्त भएको बताए । उनले संसद् राजनीतिक दलहरूका कारण खण्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरू यसमा गम्भीर हुन जरुरी रहेको बताए ।
प्रमुख सचेतक परियारले भने, ‘राजनीतिक पार्टीहरूले जुन दिन कानुन निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसद्ले कानुन बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो । हामी र हाम्रै कारणले कानुन निर्माण भइरहेको छैन संसदमा । विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन ? संघीय निजामती विधेयक किन बन्न सकेको छैन । यो सबै राजनीतिक पार्टीका कारणले कानुन निर्माण हुन सकेको छैन ।’
विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको प्रमुख सचेतक परियारको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण