कसले पाउला रतन टाटाको डेढ खर्ब भारुको सम्पत्तिमा हक ?

नयाँ दिल्ली । भारतका सबैभन्दा प्रतिष्ठित व्यापारी स्वर्गिय रतन टाटाले आफ्नो जीवनकालमा आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याएका थिए । आफ्नो सम्पत्तिको ठुलो हिस्सा उनले समाजसेवा र परोपकारका लागि दान पनि गरे । तर उनको मृत्युपछि उनको १ खर्ब ५० अर्ब भारु बराबरको उनको सम्पत्तिलाई लिएर यति बेला ठुलो विवाद उत्पन्न भएको छ । उनको यतिका सम्पत्तिमा कसको नियन्त्रण हुनेछ भन्ने विवाद छ ।
रतन टाटा एन्डोमेन्ट फाउन्डेसन (आरटीईएफ) मा ट्रस्टीहरूको नियुक्तिको सम्बन्धमा स्पष्ट दिशानिर्देशको अभावका कारण कसलाई नियुक्त गर्ने भन्ने अनिश्चय जारी छ । सरोकारवालाहरूले यस विषयमा मध्यस्थता गर्न सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशलाई नियुक्त गर्ने विचार गर्न सक्ने बताइएको छ । यिनीहरूले टाटाका इच्छापत्रका कार्यान्वयनकर्ताहरू, उनको परिवार वा टाटा ट्रस्टका सदस्यहरू कसमा नियुक्त गर्ने अधिकार निहित रहनेछ भन्ने निर्णय गर्नेछन् । आरटीईएफ एक परोपकारी संस्था हो र यसले टाटाको १ खर्ब ५० अर्ब करोड भारुको सम्पत्तिको ठुलो हिस्सा व्यवस्थापन गर्छ ।
रतन टाटाले २०२२ मा दुई संस्था खोलेका थिए । रतन टाटा एन्डोमेन्ट फाउन्डेसन (आरटीईएफ) र रतन टाटा एन्डोमेन्ट ट्रस्ट । यी दुवै संस्थाहरू उनको व्यक्तिगत सम्पत्तिका लाभार्थी हुन् । यसको उद्देश्य परोपकारी कार्यहरूलाई प्रवर्द्धन गर्नु हो । आरटीईएफ कम्पनी ऐन २०१३ को धारा ८ अन्तर्गत दर्ता भएको हो । टाटा सन्स, टाटा डिजिटल र टाटा टेक्नोलोजीमा पनि यसको थोरै हिस्सा छ । यो फाउन्डेसन टाटा ट्रस्टबाट स्वतन्त्र रहोस् र उनको सम्पत्तिको ठुलो हिस्सा समाज सेवामा प्रयोग होस् भन्ने रतन टाटाको चाहना थियो ।
कसले नियुक्त गर्ला ट्रस्टी ?
आरटीईएफका ट्रस्टीहरूको नियुक्ति कसले गर्नेछ ? भन्ने प्रश्न यति बेला उठिरहेको छ । आफ्नो इच्छापत्रमा, रतन टाटाले डेरियस खम्बट्टा, मेहली मिस्त्री, र शिरीन र दिना जीजीभोयलाई इच्छा पत्रको कार्यान्वयनकर्ता भनेका थिए । तर ट्रस्टी नियुक्त गर्ने अधिकार कसलाई हुनेछ भन्ने स्पष्ट छैन । यस मुद्दामा एक मध्यस्थकर्ताको सहयोग समावेश हुन सक्छ, जो सम्भवतः सर्वोच्च अदालतको सेवा निवृत्त प्रधानन्यायाधीश हुने भनेर इकोनोमिक्स टाइम्सले लेखेको छ ।
रतन टाटाको सम्पत्तिको ठुलो हिस्सा परोपकार र सामाजिक सेवामा प्रयोग गरिनेछ । फरारी र मासेराटी जस्ता उनका लक्जरी कारहरू लिलामी गरेर आउने रकम फाउन्डेसनमै जान सक्नेछ । रतन टाटाले आफ्नो जीवनकालमा आर आर शास्त्री र बुर्जिस तारापोरवालालाई होल्डिंग ट्रस्टीको रूपमा नियुक्त गरेका थिए । टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनलाई प्रबन्धक ट्रस्टी बनाउने उनको इच्छा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
-
गायक सुगम पोखरेलको 'यति छिटो' बोलको गीत सार्वजनिक
-
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?
-
नेपालमा फिल्मसिटी अत्यावश्यक भइसक्यो
-
‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
-
योजनाकाे होइन समस्याको प्राथमिकीकरण गर्नुपर्छ : जगतबहादुर पार्की