थोमस मुलरका लागि सुखद रह्यो घरेलु मैदानमा खेलिएको अन्तिम खेल
काठमाडौँ । चर्चित जर्मन खेलाडी थोमस मुलरका लागि घरेलु मैदानमा खेलिएको आफ्नो अन्तिम खेल सुखद रह्यो । बुन्डेसलिगाको शनिबार राति खेलिएको खेलमा मुलरको टोली बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोलले हरायो ।
यो सिजनको बुन्डेसलिगाको उपाधि यसअघि नै बायर्न म्युनिखले जितिसकेको छ । बायर्न म्युनिखको पछिल्लो जितमा ह्यारी केन र माइकल ओलिसले एक–एक गोलको योगदान गरे । केनले खेल सुरु भएको ३१औँ मिनेटमा र ओलिसले ९०औँ मिनेटमा गोल गरेका थिए ।
केनले जारी सिजनको घरेलु लिगमा गरेको यो २५औँ गोल हो । बायर्न म्युनिखका लागि घरेलु स्टेडियममा खेलेको आफ्नो अन्तिम खेलमा ३५ वर्षीय मुलरले ८४ मिनेट मैदानमा बिताएका थिए । मुलरले सन् २००८ मा बायर्न म्युनिखको सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए ।
प्रभावशाली खेलाडी मुलरले बायर्न म्युनिखका लागि खेलेको यो सात सय ५०औँ खेल थियो । उनले यसअघि नै क्लब छाडने घोषणा गरिसकेका थिए । खेलपछि उनको बिदाइ पनि गरिएको थियो । उनले बायर्न म्युनिखको सिनियर टोलीमा १७ वर्ष बिताए ।
समग्रमा भने उनले बायर्न म्युनिखमा २५ वर्ष बिताए । उनी सन् २००० मा बायर्न म्युनिखको युवा टोलीमा आबद्ध भएका थिए । उनले केही समय बायर्न म्युनिखको ‘बी’ टोलीबाट पनि खेलेका थिए ।
यो सिजनको बुन्डेसलिगमा अब बायर्न म्युनिखले एक खेलमात्र खेल्न बाँकी छ । ३३ खेलबाट ७९ अंक बटुलेको बायर्न म्युनिख तालिकाको पहिलो स्थानमा आसीन छ । तालिकाको दोस्रो स्थानमा आसीन बायर लेभरकुजेनले भने ३२ खेलबाट ६८ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण