शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डलाई शंकर पोखरेलको प्रश्न–तपाईं के बोल्दै हुनुहुन्छ ?

आइतबार, २८ वैशाख २०८२, ०९ : ४४
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबारे गरेका टिप्पणीलाई तपाई के बोल्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमा आइतबार पोखरेलले तथ्यहरू एकातिर तर प्रचण्डको बोली अर्कोतिर भएकाले कुण्ठाबाहेक केही नभएको दाबी गरेका छन् । 

महासचिव पोखरेलले प्रचण्डलाई उद्धृत गर्दै लेखेका छन्’ -‘तथ्यहरूले तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ ।’

तथ्यका रूपमा पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको दाबी गरेका छन् । 

‘निर्माण व्यवसायीलाई काम बापतको तपाई नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ । निर्माण ठप्प रहेका ठुला आयोजनाहरूको काममा तीव्रता आएको छ । जस्तो पोखरा –मुग्लिङ सडक, गैँडाकोट– बुटवल सडक आदी’, उदाहरण दिँदै पोखरेलले प्रचण्डले भ्रम छरेको उल्लेख गरेका छन् ।

त्यस्तै उनले भूकम्प र बाढी पीडितका क्षतिग्रस्त आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको, वैंकको तरलता वृद्धि भएको र ब्याजदर घटेको अनि लगानी वृद्धि हुन थालेको बताएका छन् । 

‘कानुन निर्माणको कामले तीव्रता पाएको छ, कानुनी सुधारको प्रक्रियाबाट लगानी योग्य वातावरण तयार भएको छ’, पोखरेलले भनेका छन्, ‘कानुन कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।’

साथै उनले  भूमि समस्याको समाधानको प्रक्रिया अघि बढेको  र सरकारको स्थायित्वको आधार तयार भएको पनि बताएका छन् । ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ । होइन र ?’, पोखरेलले प्रचण्डलाई सोधेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप