सम्वन्धविच्छेदको एक महिना नपुग्दै पुरानै श्रीमान चाहियो
गुल्मी । गुल्मीकी एक महिलाले अघिल्लो महिना श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीमार्फत सम्वन्ध विच्छेद गरिन् ।
सम्बन्ध विच्छेद गरेको एक महिना नपुग्दै उनै महिलाले श्रीमानसँग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकारी दिए ।
उनका अनुसार वालवालिकामा नकरात्मक असर नपरोस भनि उनीहरुको नाम श्रीमान श्रीमतिको नाम गोप्य राखिएको छ । श्रेस्तेदार बस्यालले भने ‘प्रवेशिका परिक्षा दिएका एक छोरासहित उनी दुई सन्तानकी आमा हुन् ।’
बस्यालले परिवारले सम्वन्ध विच्छेद नगर भनेर निकै सम्झाएपनि ति महिलाले त्यसवेला नमानेको तर, अहिले एक महिना नपुग्दै पुनः उनै श्रीमानसँग नाता कायम गरी पाउँ भनेर फिराद दिएको जनाए ।
बैशाख ७ गते उनीहरुविच सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गते उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको अदालत प्रशासन तथा रजिष्टेशन शाखा प्रमुख नासु. सिता घिमिरेले जानकारी दिईन् ।
अन्दाजी ३५ वर्षिया ति महिलाले पढेलेखेकै महिला हुन् ।
श्रेस्तेदार बस्याल भन्छन् ‘अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्धा लेख्न लगायौं, उनका श्रीमानले सम्वन्ध विच्छेद नगर, घर जाउँ भनेर धेरै पटक कर गरे । छोराहरुले पनि हात जोडे । अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी थिइन् ।’
सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महशुस पनि गरेका छौँ । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनुपर्छ भन्ने र फेरी उता तालमेल निमलेपछि उही श्रीमानसँग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफुखुशी प्रयोग गर्न खोज्नु हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
-
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै
-
अखिल अध्यक्ष धामीसहितका विद्यार्थी नेता रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण