टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’
काठमाडौंँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा महिला पात्रलाई हाइलाइट गर्दै फिल्मको केही महत्वपूर्ण दृश्य राखिएको छ । फिल्ममा दयाहाङ राई, आशा मगराती, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला फिल्म महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको फिल्मले भेनिस फिल्म फेष्टिभलमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । आगामी चैत्र १ गतेबाट प्रदर्शनमा आउने फिल्म नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन्न् ।
सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेशनको कथा उठाएको छ । फिल्मको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण