अपराध
उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा ७ जना पक्राउ
बिहीबार, २४ माघ २०८१, ०६ : ३९
काठमाडौँ । काठमाडौँ उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गुन बहादुर गुरुङ छन् ।
गुण्डागर्दीमा संलग्न आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । उनीहरूले सामाजिक सञ्जाल ‘टिकटक’मा खुकुरी र तरबारले केक काटेको भिडियो पोस्ट गरेका थिए ।
आरोपीहरूले ‘शोअप’ गरेर आतङ्क सिर्जना गरेर असुली धन्दा समेत सञ्चालन गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीहरू माथि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण