बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मकवानपुर । बागमती प्रदेशसभाको बैठक बस्दै छ । बिहीबार दिउँसो १ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ ।
सो बैठकमा सांसदहरूका लागि विशेष समयको कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालय हेटौँडाका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको बैठकमा निर्वाचन क्षेत्र केन्द्रित विशेष समयको कार्यसूचीमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, विकासका काम, आवश्यकता आदिका विषयमा धारणा राख्नेछन् ।
सो बैठकमा प्रदेश लोक सेवा आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ । बैठकमा गत आर्थिक वर्षमा लोक सेवा आयोगले गरेका काम कारबाही लगायतका विषयहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन पेस हुनेछ ।
यसअघि प्रदेशसभाको बुधवार बसेको बैठकमा ५ विधेयकहरू पेस भएको थियो भने उक्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिब एक महिनादेखि बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण