स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

काठमाडौँ । पर्सा र धनुषामा स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ सहित बिन्दबासिनी गाउँपालिका-३ झौवा बस्ने ४३ वर्षीय अजय कुमार साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यसैगरी धनुषाको शहीदनगर नगरपालिका-३ यदुकुहा बजारबाट स्रोत नखुलेको १ लाख ४७ हजार भारतीय रुपैयाँ सहित सबैला नगरपालिका-११ इनर्बा टोल बस्ने २० वर्षीय चन्द शेखलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले तिनकोरीयाबाट यदुकुहातर्फ आउँदै गरेको ज.१२ प २०३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देखिने गरी’ नै काम गर्यो सरकारले
-
कुलमानको पक्षमा अखिल क्रान्तिकारीले काठमाडौँमा निकाल्यो राँके जुलुस
-
फिल्म प्रचार गर्ने अनौठो शैलीः रातो सारी लगाएर सडकमा अभिनेता लखरलखर
-
लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन उच्च अदालत बुटवलको परमादेश
-
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
-
सिराहाका एसपी पण्डितलाई फिर्ता बोलाइयो, शर्मालाई जिम्मेवारी