चार जना मृत फेला
बिहीबार, २४ माघ २०८१, १३ : १४
काठमाडौँ । बाँकेसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-१९ भैयापुरस्थित राझा देखि आलानगर जाने सडक नजिकैको पेटीमा मुगु खत्याड गाउँपालिका-११ बस्ने २८ वर्षीय विक्रम शाही बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, चिचिला गाउँपालिका-१ डाँडा गाउँ बस्ने ३७ वर्षीय तेज बहादुर गुरुङ सोही ठाउँस्थित सडक छेउमा गए राति मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, बर्जु गाउँपालिका-४ हस्नपुरस्थित बेलाहाबाट साहेबगंज जाने सडक छेउमा सोही ठाउँ बस्ने २८ वर्षीय रूपेश कुमार चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, गोदावरी नगरपालिका-८ श्रीपुरस्थित परालको कुनिउ मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण