गगनको प्रश्न : जाजरकोट भूकम्प र असोजको बाढी पछिको पुनर्निर्माणमा सरकारले श्रोत कसरी जुटाउँछ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले जाजरकोटको भूकम्प र असोजको बाढीबाट पुनर्निर्माण र जनताको आवास निर्माण गर्न सरकारले श्रोत कहाँबाट र कसरी जुटाउदैछ भन्ने कुरा सदनलाई जानकारी गराउन माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद थापाले भने, ‘जाजरकोटको भूकम्पबाट करिब ९२ हजार बढी घर पुनर्निर्माण गर्नुपर्ने आकलन भएको छ । घर पुनर्निर्माण गर्ने कुरा धेरै परको भयो । दोस्रो किस्ताको रकम नै पीडितले पाएका छैनन्’, उनले भने, ‘उदेक लाग्दो कुरा त डीडीए भर्खर हुदै छ ।’
उनले असोजको बाढीबाट प्रभावितले पनि राहत किस्ता रकम नपाएको बताए । त्यस्तै उनले असोजको बाढीबाट भत्किएका राजमार्ग बनाउन नै एक खर्ब चाहिने भए पनि सरकारले २१ अर्ब मात्र छुट्टाएको बताए ।
‘यो पैसा कहाँबाट ल्याउने सरकारले सोचेको छैन श्रोत कसरी जुटाउने भन्नेबारे सदनलाई जानकारी गराइयोस् हामी जान्न चाहन्छौ सुन्न चाहन्छौ’, थापाको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण