वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हाना सिङ्गर हाम्दीले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबिच वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री शाहीले परराष्ट्र मन्त्रालय र वन मन्त्रालयले आयोजना गर्न लागेको सगरमाथा संवाद उच्चस्तरको कार्यक्रम भएको जनाउँदै त्यसमा संयुक्तराष्ट्र सङ्घको सहयोगको अपेक्षा गरेका थिए ।
मन्त्री शाहीले जलवायु, जैविक विविधता र मानव वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराएका थिए ।
सो अवसरमा आवासीय संयोजक हाम्दीले वन मन्त्रालयले पछिल्लो पटक राम्रो काम गरेको बताउँदै मन्त्रालयले अन्तरराष्ट्रिय मञ्चहरुमा महत्वपूर्ण ‘एजेन्डा’ उठाएको उल्लेख गरेकी थिइन् ।
नेपालले पर्वतीय र जलवायु परिर्वतनका एजेन्डा उठाएर राम्रो काम गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण