महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
काठमाडौँ । एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटर आकारको ट्यूमर निकालिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले हालै ३९ वर्षीया महिलाको डिम्बासयबाट उक्त ट्यूमर शल्यक्रिया गरी सफलतापूर्वक निकालेका हुन् ।
मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा। रमेश श्रेष्ठको नेतृत्वमा भएको सहप्रवक्ता डा। अभिजीत कुमारले जानकारी दिए ।
सामान्यतया डिम्बाशयको ट्यूमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ ।
डिम्बाशयको ट्यूमर प्राय क्यान्सर रहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुन्छन् । चार महिना देखि हिँड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक अवस्था समेत नाजुक भएकी ती महिला आप्नो उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन् ।
तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले अन्त्यमा उपचारको आशा बोकी प्रतिष्ठानमा आएको निजको श्रीमानले बताए । महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्राडा अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परिक्षणहरु, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको डा अभिजितले बताए ।
जटिल मानिने शल्यक्रियामा डा.श्रेष्ठसहित उक्त विभागकी प्राडा प्रिथा बस्नेत, डा सन्तोष कुमार झा, डा.रिचा भट्टराईको संलग्नता रहेको थियो । त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा योगेश ढकाल तथा उनको टिमको पनि संलग्नता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण