जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
शनिबार, २६ माघ २०८१, ०९ : २८
सिराहा । सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई सिराहा नगरपालिका ७ हेमनारायण चौकबाट प्रहरीले पक्राउ गरिएको हो ।
राईलाई जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
राईमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका राईलाई प्रहरी प्रधान कार्यालय काठमाडौँको साइबर व्युरोमा पठाएको डीएसपी पासवानले बताए । जाहेरी परेपछि उनी फरार भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण