सर्वोच्चका न्यायाधीश आचार्यको निधनपछि सर्वोच्चमा सबै मुद्दा स्थगित
काठमाडौँ । सर्वोच्च अदालतका सबै मुद्दा आइतबार पेशी तोकेपछि स्थगित भएका छन् । यसरी स्थगित हुनुको कारण हो न्यायाधीश अरविन्दनाथ आचार्यको निधन । ८६ वर्ष ९ महिनामा आचार्यको शुक्रवार निधन भएको थियो।
शनिवार सार्वजनिक बिदा भएकाले आइतबार फुलकोर्टको बैठक बसेर आचार्यको निधनमा सबै सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतका सूचना अधिकार नीराजन पाण्डेले जानकारी दिए । १९९५ वैशाख १४ गते जन्मेको मैतीदेवी फाँटमा जन्मेका उनी २०१८ सरकारी सेवामा अनि न्याय सेवामा प्रवेश गरेका थिए ।
२०५९ साल माघ १ गते सर्वोच्च अदालतको न्यायाधीश भएका आचार्यले २०६०९ वैशाख १३ गतेसम्म न्यायाधीशको रूपमा न्याय सम्पादन गरेका थिए । सर्वोच्चको न्यायाधीश निधन भएमा फुलकोर्ट बैठक बसेर सार्वजनिक रूपमा इजलास नलाग्ने अभ्यास रहेको छ।
सोही अभ्यास अनुसार आइतबार कुनै पनि मुद्दा सुनुवाइ नहुने गरी बेन्च नबसेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण