मोही किसानले गरे घोराहीमा प्रदर्शन
बुटवल । केही दिनदेखि काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका स्वर्गद्वारी गुठीका मोही किसानले आज दाङमा पनि विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन जारी राखेका हुन् ।
_n9lJcZR2ce.jpg)
विभिन्न प्लेकार्डसहित घोराही-१४ झिगौराबाट निस्केको र्यालीले घोराही बजार परिक्रमा गरेको थियो । २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबिच सहमति भएको थियो । जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो ।
_liLMv8E1O0.jpg)
तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले एक हप्तादेखि काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका किसानहरूले मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको बताएका छन् । उनीहरूले सरकारले आफूहरूसँग यसअघि गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।
_HupjikmngU.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण