रास्वपा महाधिवेशन
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
शनिबार, ०६ असार २०८३, १५ : १३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भरतपुरमा सुरु भएको छ ।
- महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो, जहाँ पहिलो महाधिवेशनको तयारी, विधान संशोधन र संगठनात्मक विषयमा छलफल हुनेछ ।
- तीन दिनसम्म चल्ने रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । भरतपुरको दियालो फुडल्यान्डमा बैठक सुरु भएको हो ।
महाधिवेशनअघि बस्न लागेको यो अन्तिम केन्द्रीय समिति बैठक हो । आइतबारदेखि रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ ।
बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, विधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । रास्वपाको हाल १३१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
३ दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट ३ हजार भन्दा बढी प्रतिनिधि, पार्टीका नेता कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने जनाइएको छ ।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेस्ट हाउस चौरमा हुने जनाइएको छ । बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण