फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको भ्रमणमा निस्किएका छन् । फेब्रुअरी १० देखि १४ सम्म उनी विदेश भ्रमणमा हुनेछन् । यस अवधिमा उनले १० फेब्रुअरी देखि १२ फेब्रुअरीसम्म फ्रान्समा रहनेछन् । १२ देखि १४ फेब्रुअरीसम्म अमेरिकाको भ्रमण गर्नेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न आफू निकै उत्साहित रहेको र उनको पहिलो कार्यकालमा ट्रम्पसँग काम गर्दाको राम्रो अनुभव भएको जानुअघि मोदीले भनेका थिए ।
आफ्नो भ्रमणलाई भारत–अमेरिका सम्बन्धलाई सुदृढ पार्ने महत्त्वपूर्ण अवसरको रूपमा उनले वर्णन गरेका थिए । मोदी आज साँझ फ्रान्स पुग्नेछन् । यो उनको छैटौँ फ्रान्स भ्रमण हुनेछ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनी पहिलो पटक फ्रान्स जाँदैछन् ।
यसअघि २०२३ मा राष्ट्रिय दिवस (बास्तिल डे) को कार्यक्रममा भाग लिन उनी फ्रान्स गएका थिए । ११ फेब्रुअरी मा प्रधानमन्त्रीले पेरिसको ग्रान्ड प्यालेसमा राष्ट्रपति इम्यानुएल म्याक्रोसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक्सन समिट २०२५ को सह–अध्यक्षता गर्नेछन् ।
यो शिखर सम्मेलन २०२३ मा बेलायतमा र २०२४ मा दक्षिण कोरियामा आयोजना गरिएको थियो । शिखर सम्मेलनमा एआईको जिम्मेवार प्रयोगको बारेमा छलफल गरिनेछ । सो सम्मेलनमा विश्वव्यापी राजनीतिको बारेमा पनि छलफल हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण