बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा २३ जना छन् । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गरेको भेटिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलबाट ८१ हजार नगद बरामद गरिएको छ । पक्राउ परेकाहरू विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले जानकारी दिए । उनले भने, ‘बरामद गरिएका मोबाइलमा फेला परेका तथ्याङ्क एनालाइसिस गर्दैछौं ।’
आरोपीहरू लोटस एप प्रयोग गरेर अनलाइन जुवा सञ्चालन गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण