‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको कुरा गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताएका हुन् ।
उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट गर्न नसक्ने जिकिर गरे । त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ ।
उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो ।’
निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने बारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुन सके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने जिकिर गरे।
महामन्त्री थापाले निर्वाचनको बेलामा कांग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्न सक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण