डल्लुबाट सुन चोरेको आरोपमा ३ जना पक्राउ
मङ्गलबार, २९ माघ २०८१, १५ : २२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित डल्लुबाट सुन चोरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वसन्तपुर घर भएका ४१ वर्षीय नरेन्द्र देउला, काभ्रे घर भएका ३८ वर्षीय कोमल बहादुर कार्की र भारतीय नागरिक ५८ वर्षीय जागिर मालिक छन् ।
माघ २६ मा आरोपीहरूले दोलखाका फस्कु घर भएर डल्लुमा ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने सुनिता ठकुरीको डेराबाट सुन चोरेका हुन् । माघ २८ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
आरोपीमध्येका नरेन्द्र देउला अन्य अपराधमा पनि संलग्न देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । उनीहरुले चोरेको गहना प्रहरीले बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण