ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
मङ्गलबार, २९ माघ २०८१, २१ : ५७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित ढल्कुबाट प्रहरीले लागुऔषध एम्फेटामाइन आइससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएर मनमैजु बस्ने ४५ वर्षीया फुलमाया तामाङ र गोरखा सिरानचोक घर भएर मनमैजु बस्ने ४१ वर्षीय टेक बहादुर गुरुङ छन् ।
आरोपीहरूको साथबाट ३६० ग्राम प्रतिबन्धित लागुऔषध एम्फेटामाइन आइस बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सो लागुऔषधको बजार मुल्य ३९ लाख ६० हजार हुने आकलन गरिएको छ । आरोपीहरुविरुद्ध लागुऔषध मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण