युक्रेनबिना युक्रेनको कुरा हुन्न : बेलायती रक्षामन्त्री

लन्डन । बेलायतका रक्षामन्त्री जोन हेलीले युक्रेनबिना युक्रेनको विषयमा कुरा नहुने बताएका छन् । बस्रेल्समा नाटोको रक्षा मन्त्रीहरूको एउटा बैठकमा उनले यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपतिले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेको बताएका थिए । उनको यो प्रतिक्रिया युक्रेनबिनै युक्रेनमा शान्ति स्थापनाको वार्ता हुनसक्छ भनेर ट्रम्पले दिएको प्रतिक्रियामा आएको हो ।
नेटोको काम युक्रेनलाई सम्भावित कुनै पनि वार्तामा सम्भव भएसम्मको बलियो ठाउँमा राख्नु भएको पनि उनले बताए । ‘युक्रेन बिना युक्रेनबारे कुनै छलफल हुने छैन,’ अझ अगाडि हेलीले भने ।
नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा आउन सक्ने पनि उनले बताए । आफूहरूले दिगो शान्ति चाहेको अनि शान्ति प्रक्रियामा गइसकेपछि द्वन्द्व वा हिंसामा फर्किएको हेर्न नचाहेकोमा उनको भनाइ थियो ।
रुस युक्रेनबाहेक अरुका लागि पनि खतराको रुपमा रहेको छ भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो