युक्रेनबिना युक्रेनको कुरा हुन्न : बेलायती रक्षामन्त्री
लन्डन । बेलायतका रक्षामन्त्री जोन हेलीले युक्रेनबिना युक्रेनको विषयमा कुरा नहुने बताएका छन् । बस्रेल्समा नाटोको रक्षा मन्त्रीहरूको एउटा बैठकमा उनले यस्तो बताएका हुन् ।
अमेरिकी राष्ट्रपतिले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुरा गरेको बताएका थिए । उनको यो प्रतिक्रिया युक्रेनबिनै युक्रेनमा शान्ति स्थापनाको वार्ता हुनसक्छ भनेर ट्रम्पले दिएको प्रतिक्रियामा आएको हो ।
नेटोको काम युक्रेनलाई सम्भावित कुनै पनि वार्तामा सम्भव भएसम्मको बलियो ठाउँमा राख्नु भएको पनि उनले बताए । ‘युक्रेन बिना युक्रेनबारे कुनै छलफल हुने छैन,’ अझ अगाडि हेलीले भने ।
नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा आउन सक्ने पनि उनले बताए । आफूहरूले दिगो शान्ति चाहेको अनि शान्ति प्रक्रियामा गइसकेपछि द्वन्द्व वा हिंसामा फर्किएको हेर्न नचाहेकोमा उनको भनाइ थियो ।
रुस युक्रेनबाहेक अरुका लागि पनि खतराको रुपमा रहेको छ भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको महासचिव पदका उम्मेदवार आचार्यः व्यावसायिक दक्षता र नेतृत्वको सम्भावना
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
पार्टी सञ्चालन शैलीप्रति झलनाथ असन्तुष्ट, प्रचण्डलाई बुझाए ध्यानाकर्षण पत्र
-
सुकुमबासी राखिएको हाेल्डिङ्ग सेन्टर पुगे गृहमन्त्री, तस्बिरहरू
-
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार
-
'सुरुमा बेरुजु देखाएर तर्साउने र पछि कोठाभित्र कागज मिलाउने खेल भयो'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण