अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीयबारे ट्रम्पसँग मोदीले के भने ?
वासिङ्टन डिसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेका थिए । आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई फिर्ता लैजाने बारेमा कुरा गरे । यस विषयमा मोदी र आफ्नो विचार एउटै भएको अनि अमेरिकामा कुनै पनि भारतीय अवैध रूपमा बसोबास गरिरहेको पुष्टि भयो भने उनीहरूलाई भारत लैजान आफूहरू पूर्ण रूपमा तयार भएको पनि उनले बताए ।
केही आप्रवासीहरूलाई मानव तस्करहरूले ल्याउने गरेको अनि उनीहरू स्वयम्लाई अमेरिका लगिएको छ भन्ने थाहा नभएको मोदीले बताए । यसरी ल्याइएका आप्रवासी निकै सामान्य परिवारका मान्छे भएको अनि उनीहरूलाई ठुला सपना र वाचा देखाएर ल्याइएको पनि उनले भने ।
ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि अवैध आप्रवासीहरूलाई समातेर धमाधम देश निकाला गरिरहेका छन् । हालै अमेरिकाले आफ्नो सैन्य विमान कागजात नभएका १०४ जना भारतीयलाई डिपोर्ट गरेको थियो । यसरी फर्काइएकाहरूलाई हात र खुट्टामा हतकडी र नेल लगाइएको विषयमा भारतमा निकै हङ्गामा भएको थियो । डिपोर्ट गरिने भारतीय नागरिकहरूसँग कुनै दुर्व्यवहार नहोस् भनेर सुनिश्चित गर्न अमेरिकासँग काम गरिरहेको गत हप्ता भारतका विदेशमन्त्री एस जयशंकरले स्रंसदमा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण