त्रिशूलीमा मोटरसाइकल दुर्घटना
बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन
शुक्रबार, ०२ फागुन २०८१, १४ : ११
काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।
शुक्रवार बिहान ११ः ५५ बजे मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गापा–५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा राना बेपत्ता भएका थिए ।
नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।
खोजी कार्यका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमाण्डमा ६ जना गोताखोरसहितको टोली परिचालन भएको डीएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण