मोरङमा सोरुमबाट चोरियो गाडी, एक जना पक्राउ
काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ । शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पूजा इन्टरनेशनलबाट गाडी चोरी भएको हो ।
प्रहरीले चोरीको घटनामा संलग्नलाई एक जनालाई शुक्रबार नै पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने मन्तोष कुमार बिन रहेका छन् ।
काठमाडौँको शाखा कार्यालयको रूपमा रहेको उक्त सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर उनले टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
घटनापछि सोरुमका मेनेजर इन्द्रराज श्रेष्ठले प्रहरीमा खबर गरेसँगै चोरीमा संलग्नको खोजतलास सुरु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरी समेतको संयुक्त टोली परिचालन भई चोरीमा संलग्नलाई आज दिउँसो सुनसरी गढी गाउँपालिका वडा नम्बर ४ स्थित इक्राहीबाट पक्राउ गर्न सफल भइएको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण