विभिन्न स्थानमा ५ जना मृत फेला
शनिबार, ०३ फागुन २०८१, १६ : ११
काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- धनकुटा, महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ बस्ने ४६ वर्षीया फुलमाया कार्की घर नजिकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित नारायणी नदी किनारमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ हुब्राचौर बस्ने ५८ वर्षीय सन्दीप कार्की शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- धादिङ, धुनिवेशी नगरपालिका-९ मसिने जंगलको खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, अर्जुनधारा नगरपालिका-४ गरूवा टोल बस्ने बिकाश पौडेलको खाली घरको बरन्डाको खाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- संखुवासभा, खाँदबारी नगरपालिका-१ बसपार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण