बागमती गोल्डकप : आयोजकलाई हराउँदै सर्लाहीको विजयी सुरुवात

मकवानपुर । शनिबारदेखि सुरु भएको बागमती गोल्डकपको पहिलो खेलमा नै सर्लाहीले आयोजकलाई स्तब्ध बनाएको छ ।
मकवानपुरको बागमती गाउँपालिकाको आयोजनामा सुरु भएको सातौँ संस्करणको फुटबल प्रतियोगितामा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई सर्लाहीको बागमती युथ क्लबले पराजित गरेकाे हो ।
शहीद स्मृति रंगशालामा खेलिएको खेलमा सर्लाहीले आयोजक बागमतीलाई १–० गोलअन्तरले हरायो । सर्लाहीको जीतमा विमल घिसिङले निर्णायक गोल गरे । उनले खेलको ७६ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । उनले म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता छ । प्रतियोगिताअन्तर्गत भोलि आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र हानामीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले पाँच लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगिताका आयोजना गर्न गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट सहयोग गरेको छ । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै स्थानीय तह तथा सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको छ ।
गत वर्ष काठमाडौँको मच्छिन्द्र क्लबले यस प्रतियोगिताकाे उपाधि जितेको थियो भने सशस्त्र प्रहरी बलको एपीएफ उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल
-
नेपाली चलचित्रमा काम गर्ने बलिउड अभिनेत्री मनिषाको चाहना
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो