बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट’ सम्मान दिइने

आइतबार, ०४ फागुन २०८१, १२ : २३
आइतबार, ०४ फागुन २०८१

काठमाडौँ । एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण आयोजना हुने भएको छ । आयोजक एपिक नेपाल म्युजिक प्रालीले शनिवार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

मध्यपुर थिमी शंखधरपार्क भतmपुरमा आयोजित कार्यक्रममा  नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरी ३२ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड ३२ विधामा हुने जानकारी दिइयो ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र पुरीले जानकारी  दिए ।

आगामी चैत्र २ गते मध्यपुर थिमी नगरपालिकामै सम्पन्न हुने अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ र वरिष्ठ पत्रकार ऋषि धमला र क्रषि थपलियालाई सम्मान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप