उदयपुरमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
उदयपुर । भारत सरकारको आर्थिक सहयोगमा निर्मित उदयपुर जिल्लास्थित श्री जनता बेलका माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गरिएको छ । भवन ३.७९९ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
प्रतिनिधि सभाका सांसद डा. नारायण खड्का, काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा भवन उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।
‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।
श्री जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयको रूपमा स्थापित भएको थियो र पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । यस विद्यालयमा लगभग ५०० विद्यार्थीहरू रहेका छन्, जसमध्ये ५५% छात्राहरू छन् ।
काठमाडौँस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख श्रीवास्तवले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गतको श्री जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण कसरी भारत र नेपाल बिचको बलियो र जीवन्त विकास साझेदारीको उत्कृष्ट उदाहरण भएको बताए । उनले वर्षौँदेखि रहिआएको यस साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण