आईपीएलको तालिका सार्वजनिक
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारक स्टार स्पोर्ट्सले १८ औं सिजनको तालिका सार्वजनिक गरेको छ ।
उद्घाटन खेल मार्च २२ मा कोलकातामा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिनेछ। दोस्रो ठुलो खेल मार्च २३ मा मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबिच चेन्नईमा साँझ ७:३० बजे खेलिनेछ।
यस पटक ६५ दिनमा ७४ खेल खेलाइनेछ। मे १८ सम्ममा लिग चरणका ७० खेल हुनेछन्, जसमा १२ डबल हेडर पनि समावेश छन्। अर्थात् १ दिनमा २ खेल १२ पटक खेलिनेछ। फाइनल मे २५ मा कोलकातामा हुनेछ।
आईपीएलमा प्रतियोगिताको उद्घाटन र फाइनल खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा खेलाउने परम्परा रहिआएको छ। यस पटक पनि यी दुवै खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा हुनेछन्। फाइनल मे २५ मा हुनेछ, क्वालिफायर-२ पनि मे २३ मा कोलकातामा खेलिनेछ।
गत सिजनको उपविजेता टोली सनराइजर्स हैदराबादको घरेलु मैदान राजीव गान्धी स्टेडियममा दुई प्लेअफ खेलहरू पनि आयोजना गरिनेछ। यहाँ क्वालिफायर-१ मे २० मा र एलिमिनेटर मे २१ मा खेलाइनेछ।
दिल्ली क्यापिटल्स र लखनऊ सुपरजायन्ट्सले आफ्नो पहिलो खेल मार्च २४ मा विशाखापट्टनममा खेल्नेछन्। यसैबिच, २५ मार्चमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स र पञ्जाब किंग्स बीच खेल हुनेछ। यो दुवै टोलीको लागि सिजनको पहिलो खेल हुनेछ।
१८ औं सिजनको पहिलो डबल हेडर प्रतियोगिताको दोस्रो दिन मार्च २३ मा हुनेछ। हैदराबद र राजस्थान रोयल्स दिउँसो ३:३० बजे हैदराबादमा भिड्नेछन्। मुम्बई र चेन्नई बिचको खेल साँझ ७:३० बजेदेखि खेलिनेछ। यसपछि, मार्च ३० मा डबल हेडर हुनेछ।
५, ६, १२, १३, १९, २० र २७ अप्रिलमा एक दिन दुई खेल हुनेछन्। डबल हेडरहरू मे ४, ११ र १८ मा खेलाइनेछ। सबै डबल हेडरहरू शनिबार वा आइतबार मात्र हुनेछन्।
Mark your calendars, folks! 🥳🗓#TATAIPL 2025 kicks off on March 2️⃣2️⃣ with a clash between @KKRiders and @RCBTweets 🤜🤛
— IndianPremierLeague (@IPL) February 16, 2025
When is your favourite team's first match? 🤔 pic.twitter.com/f2tf3YcSyY
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026