ललितपुरकी प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’को ताज
काठमाडौँ । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’को उपाधि जितेकी छिन् ।
नेप्लीज फेसन होमको आयोजनामा आइतबार साँझ सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिका साथ उनले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरू समेत जितेकी छन् ।
प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापकी लूनिभा मानन्धर फस्ट रनर्सअप र चमती, काठमाडौंकी लुमना महर्जन सेकेण्ड रनर्सअप भए । उनीहरुले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे ।
सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रुपमा रहेको प्रतियोगितामा अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेश्न्ल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, एलसीसीएल, ललितपुरका पूर्व अध्यक्ष अजर मान जोशी, नमूना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वर लाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ तथा मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायक रहेका थिए ।
आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्युटी कन्टेस्ट मात्र नभएर नेवारी समुदायको कला र संस्कृति जोगाउने अभियान रहेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण