नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा अखिल क्रान्तिकारीले भन्यो– दोषीमाथि कानुनी कारबाही होस्
काठमाडौँ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतको कलिङ्ग कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली विद्यार्थीको मृत्यु भएको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यार्थी प्रकृति लम्सालको आत्महत्याको घटनाले सम्पूर्ण नेपाली विद्यार्थी समुदायलाई स्तब्ध बनाएको क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा र महासचिव नवीन रोशन थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
घटनापछि विश्वविद्यालयमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू समेत हिंसा, धम्की र जबरजस्तीको सिकार भइरहेको खबरले आफूहरूलाई गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
विश्वविद्यालय प्रशासन स्वयंले नेपाली विद्यार्थीहरूलाई धम्क्याउने, आक्रमण गर्ने र जबरजस्ती होस्टल खाली गर्न बाध्य पार्ने कार्य गरिरहेको भन्दै विज्ञप्तिमा दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गर्ने निर्णय लिएको उल्लेख छ ।
यस्तै क्रान्तिकारीले दोषीमाथि कानुनी कारबाहीका लागि सरकार तथा सम्बन्धित निकायहरूले तत्काल कूटनीतिक पहल गर्न गर्नुपर्नेमा क्रान्तिकारीले जोड दिएको छ । तर, सरकारले ढिलासुस्ती गरिरहेको भन्दै विज्ञप्तिमा असन्तोष व्यक्त गरिएको छ ।
अखिल क्रान्तिकारीले प्राकृतिक लम्सालका परिवारजन तथा प्रियजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि वातावरण बनाउन आग्रह गरेको छ ।
क्रान्तिकारीले घटनाको सत्यतथ्य बाहिर ल्याइएन, दोषीहरूलाई कानुनी कारबाही गरिएन वा पीडितलाई न्याय दिलाउने प्रक्रियामा ढिलाइ गरियो भने देशव्यापी संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण