डेनिस क्रोनर भए तत्काल साट्न राष्ट्र बैंकको आह्वान
मङ्गलबार, ०६ फागुन २०८१, ११ : २५

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्न आह्वान गरेको छ डेनमार्कको केन्द्रीय बैंकले २०२५ मे ३१ देखि कानूनी ग्राह्यता खारेज गरेको उक्त बैंकनोट आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्तभित्र बैंकिङ विभाग वा प्रदेश कार्यालय, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जर गएर साट्न राष्ट्र बैंकले अनुरोध गरेको हो ।
सो अवधिमा नसाटेमा त्यसपछि सम्बन्धित निकाय उक्त मुद्रा कारोबार गर्न बाध्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
डेनिस सरकारले २००९ भन्दा अघि जारी भएका डेनिस क्रोनरको सहटी बन्द गर्ने निर्णय गत नोभेम्बरमै गरेको थियो । १००० क्रोनरको नोट पनि सोही दिनदेखि फेजआउट गर्ने डेनमार्क सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना