डेनिस क्रोनर भए तत्काल साट्न राष्ट्र बैंकको आह्वान
मङ्गलबार, ०६ फागुन २०८१, ११ : २५
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्न आह्वान गरेको छ डेनमार्कको केन्द्रीय बैंकले २०२५ मे ३१ देखि कानूनी ग्राह्यता खारेज गरेको उक्त बैंकनोट आफूसँग भएमा त्यस्ता नोटहरू २०८१ फागुन मसान्तभित्र बैंकिङ विभाग वा प्रदेश कार्यालय, इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था वा परिवत्र्य विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जर गएर साट्न राष्ट्र बैंकले अनुरोध गरेको हो ।
सो अवधिमा नसाटेमा त्यसपछि सम्बन्धित निकाय उक्त मुद्रा कारोबार गर्न बाध्य नहुने राष्ट्र बैंकले जनाएको छ ।
डेनिस सरकारले २००९ भन्दा अघि जारी भएका डेनिस क्रोनरको सहटी बन्द गर्ने निर्णय गत नोभेम्बरमै गरेको थियो । १००० क्रोनरको नोट पनि सोही दिनदेखि फेजआउट गर्ने डेनमार्क सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण