गुडिरहेको रेलमा बम राखेको हल्ला फैलिएपछि....
नयाँ दिल्ली । भारतमा पछिल्लो समय विमानदेखि विद्यालयसम्म कयौँ स्थानमा बम राखेको धम्की आइरहेको छ । यसैबिच मंगलबार उत्तरप्रदेशको बलियाबाट लोकमान्य तिलक जाँदै गरेको कामायनी एक्सप्रेसमा बम भएको सूचना आयो । गुडिरहेको रेलमा बम भएको सूचना पाएपछि हंगामा मच्चिएको छ। रेललाई सागर जिल्लाको बिना स्टेसनमा रोकेर छानबिन थालिएको समाचारमा उल्लेख छ ।
जानकारी अनुसार, मंगलबार दिउँसो बिना स्टेसनमा रेल रोक्दा यात्रीहरू त्रासमा थिए । आरपीएफ र जीआरपीसँगै प्रहरी पनि घटनास्थलमा पुगेपछि निरीक्षण भइरहेको बताइएको छ । केही कोचहरूबाट यात्रुहरूलाई बाहिर निकालेर जाँच गरिएको छ भने बम डिस्पोजल स्क्वाड पठाइएको थियो । सावधानीका लागि सागर रेलवे स्टेसनमा पनि अलर्ट घोषणा गरिएको छ । अनुसन्धान टोलीले रेललाई चारैतिर ब्यारिकेडिङ गरेर खाली गरिरहेको बताइएको छ ।
कसैलाई पनि स्टेसनमा आउन दिइएको छैन । पछिल्लो जानकारी अनुसार, रेलको राम्ररी निरीक्षण भइरहेको छ । अनुसन्धान पछि मात्र रेललाई अगाडि बढाइने बताइएको छ । बमबारे रेलवे अधिकारीहरूले केही भनेका छैनन् । स्रोतका अनुसार भोपालबाट रेल जाँच गर्ने निर्देशन प्राप्त भएको थियो ।
२०२४ को मार्च २६ मा पनि कामायनी एक्सप्रेसमा बम राखिएको खबर आएको थियो । त्यसपछि उत्तर प्रदेशको जंगीहा स्टेसनमा हतारमा रेल रोकियो । तीन घण्टासम्म रेल निरीक्षण गरेपछि सो झुटो हल्ला फैलिएको पुष्टि भएको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण