कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने
काठमाडौँ । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरूमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताए । उनले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताए । देशमा २००७ सालमा नेपाली काँग्रेसले खेलेको भूमिका, देशको विकास निर्माणमा नीतिगत रूपमा खेलेका भूमिकाहरूबारे जानकारी गराइने उनको भनाई थियो ।
वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरू प्रस्तुत गर्ने छन् । अभियानअन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण