कांग्रेसले ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले फागुन ९ गतेदेखि २१ गतेसम्म ‘राष्ट्र निर्माणमा युवाको योगदान र तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले अभियान सात वटै प्रदेशमा गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै विभागका सचिव गोपालकुमार झाले सात प्रदेशका राजधानीहरूमा गरिने यो कार्यक्रमको उद्देश्य अहिले देशमा देखिएको निराशा चिर्नु रहेको बताए । उनले देशमा भएका सकारात्मक कुरामाथि नकारात्मक भाष्य खडा गरेर भए भरका सकारात्मक कुरालाई ढाकछोप गरिएकाले उक्त भ्रम चिर्न अभियान सञ्चालन गर्न लागिएको बताए । देशमा २००७ सालमा नेपाली काँग्रेसले खेलेको भूमिका, देशको विकास निर्माणमा नीतिगत रूपमा खेलेका भूमिकाहरूबारे जानकारी गराइने उनको भनाई थियो ।
वरिष्ठ पत्रकार हरिबहादुर थापा र जगत नेपालले अभियानमा दुई वटा कार्यपत्रहरू प्रस्तुत गर्ने छन् । अभियानअन्तर्गत ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र २१ गते धनगढीमा कार्यक्रम हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने
-
ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
-
स्वास्थ्य उपचारका लागि अमेरिका जाँदै कर्णाली प्रदेश प्रमुख
-
४० वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगको परीक्षण तथा नि:शुल्क उपचार गरिने