सक्किगोनी टिमको ‘लाज शरणम्’लाई उच्च अदालतले लगायो रोक

काठमाडौँ । उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ फिल्मी गतिविधि (प्रचार प्रसार) गर्न रोक लगाउने आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै यस्तो रोक लगाएको हो ।
कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो । उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फिल्म प्रदर्शन र प्रचारप्रसार अन्योलमा परेको छ ।
उच्च अदालतले अन्तरिम आदेश खारेज नगरेसम्म अब फिल्म प्रचार र हलमा प्रदर्शन गर्न पाइने छैन ।
आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए ।
फागुन २ गते दर्ता भएको रिटमा उच्च अदालतले आज दोस्रो सुनुवाइ गर्दे फिल्म प्रदर्शनमा रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी
-
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
-
कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास