हसिनाले भनिन्, 'युनुस सरकारले बंगलादेशलाई आतंकवादतर्फ लग्यो'
नयाँ दिल्ली । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले देशलाई आतंकवाद र अराजकताको केन्द्र बनाएको आरोप लगाएकी छन् ।
बंगलादेश फर्कने प्रतिबद्धतासँगै उनले पीडित परिवारलाई सहयोग गर्ने र न्याय उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । सरकारी जागिरमा विवादित कोटा प्रणालीलाई लिएर अगस्टमा उनको सरकारविरुद्ध हिंसात्मक विद्यार्थी आन्दोलन भएको थियो ।
फलस्वरूप ५ अगस्टमा हसिना नेतृत्वको अवामी लिगको सरकार ढल्यो। भागेकी उनी अहिले भारतमा छिन् । हसिनाले सोमबार भारतबाट बंगलादेशमा आफ्नो पार्टी अवामी लिगका समर्थकहरूलाई अनलाइनमा सम्बोधन गरेकी थिइन्।
उनले नोबेल पुरस्कार विजेता युनुसले आफूसँग देश चलाउने अनुभव नभएको भन्दै ठूलो जिम्मेवारीबाट जोगिनुपर्ने बताइन् । गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दर्जनौँ प्रहरी अधिकारीको मृत्यु भए पनि उनीहरूले उनलाई चुपचाप बसेको र अराजकता बढाउन अनुमति दिएको उनको आरोप थियाे ।
७७ वर्षीया हसिनाले भनिन्, ‘युनुससँग सरकार चलाउने अनुभव छैन । उनले सबै छानबिन समितिहरू विघटन गरे र आतंककारीहरूलाई मानिसहरू मार्न स्वतन्त्र छोडिदिए। बंगलादेशलाई ध्वस्त पार्दै छन् । हामी यो आतंकवादी सरकारलाई ध्वस्त पार्नेछौं।'
आफू बंगलादेश फर्किने भन्दै उनले बंगलादेशमा हत्याराहरूले न्यायको सामना गर्नुपर्ने बताइन् । 'उनीहरूको हिसाब बंगलादेशको माटोमा मात्र हुनेछ । सायद त्यसैले अल्लाहले मलाई जीवित राखेका छन्,' उनले भनिन् ।
बंगलादेशमा आफ्नो सरकार हटेएपछि हसिना भारतमै बस्दै आएकी छिन् । लामो समयदेखि राजनीतिक रूपमा सक्रिय नभएकी उनी सन्देशमार्फत आफ्ना समर्थकहरूसँग जोडिरहेकी छिन् ।
अर्कोतर्फ बंगलादेशको अन्तरिम सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण