गोप्य दस्तावेज नचुहियोस् भनेर कर्मचारीको पोलिग्राफ टेस्ट गराउँदै ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन पहिलो दिनदेखि नै हाइपर एक्टिभ मोडमा छ । अवैध आप्रवासीदेखि लागूऔषध तस्करी र अतिरिक्त महसुलको मुद्दामा प्रशासन निकै कठोर देखिएको छ ।
यसैबिच गोप्य फाइलहरू लिक हुनबाट बचाउन सरकारले पोलिग्राफ टेस्ट अर्थात् लाई डिटेक्टर प्रयोग गर्न गइरहेको छ । अमेरिकाको गृह मन्त्रालयले कर्मचारीहरूलाई चेतावनी दिँदै सरकारी गोप्य दस्तावेज चुहिनबाट बचाउन पोलिग्राफ परीक्षणको सहारा लिने बताएको छ ।
कर्मचारीहरूले कुनै पनि हालतमा यो परीक्षणबाट गुज्रनुपर्ने गृहमन्त्री क्रिस्टी नोएमले बताएकी छिन् । गृह मन्त्रालयका सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले पनि यसको पुष्टि गरेकी छिन् । गृह सुरक्षा विभाग राष्ट्रिय सुरक्षासँग सम्बन्धित निकाय भएको र आफूहरूले सबै कर्मचारीहरूको पोलिग्राफ परीक्षण गर्न सक्ने, गर्नुपर्ने र गर्न उनले बताइन् ।
के हो पोलिग्राफ टेस्ट ?
पोलिग्राफ टेस्टमा प्रश्नहरूको उत्तर दिँदा कुनै व्यक्तिले झूट बोलिरहेको कि साँचो बोलिरहेको छ भनेर हेरिन्छ । यसमा कुनै व्यक्ति झूट बोल्दा, उसको मुटुको धड्कन र रक्तचापमा परिवर्तन आउँछ । पसिना आउँछ । पोलिग्राफ परीक्षणको समयमा धेरैजसो हात र खुट्टाको चालमा पनि ध्यान दिइन्छ । पोलिग्राफ मेसिनमा टेस्टको समयमा सामान्यतया चार कुराहरू हेरिन्छ ।
–सासको दर ।
–नाडीको गति ।
–रक्तचाप ।
–पसिना कति निस्किरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण