राजसंस्थालाई स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुन्छ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थालाई कुनै न कुनै रूपमा स्पेस दिएर अघि बढ्दा सबैको कल्याण हुने जिकिर गरेका छन् ।
उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति समय सान्दर्भिक भएको समेत बताए ।
‘षड्यन्त्रपूर्वक राजसंस्था र हिन्दु राष्ट्रको अन्त्य गरियो अनि संघीयताको बोझ देशलाई बोकाइयो’, बुधबार रातोपाटीसँग कुरा गर्दै लिङ्देनले भने, ‘त्यस कारण अहिले समयले नै के प्रमाणित गर्यो भने राजसंस्था हटेर देशलाई के फाइदा भयो ? देशले धेरै नोक्सान बेहोर्नुपरेको अवस्थामा राजालाई कुनै न कुनै स्पेस दिएर अघि बढ्दा सबैको हित र कल्याण हुन्छ ।’
उनले राजसंस्थालाई साथ दिनेहरू सबै समय क्रमसँगै एक ठाउँमा आउने समेत जिकिर गरे । उनले राजसंस्था राजनीतिक दलभन्दा माथि हुने तर्क गर्दै पूर्वराजा आफैँ राजनीतिमा आउन नहुने पनि बताए ।
‘चुनावी राजनीतिमा राजा आउनु हुँदैन । हाम्रो परिकल्पनाको राजसंस्था चुनावी राजनीतिभन्दा माथिको उठेको संस्था हो । जुन राजसंस्था भोलि स्थापना भयो भने त्यो राप्रपाको मात्र हुँदैन, कांग्रेस, एमाले, माओवादीको र देशको अभिभावकीय संस्था हुनेछ । मुकुट हुँदा या नहुँदा राजा दलीय राजनीतिभन्दा माथि हुनुपर्छ’, उनले भने। उनले राप्रपाले राजसंस्थासहितका आफ्नो एजेन्डाको पक्षमा निरन्तर आवाज उठाउने पनि बताए ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाले दिएको भिडियो सन्देशमा वर्तमान व्यवस्थाप्रति कटाक्ष गरिएको छ । पूर्वराजाले अब समय आएको र राष्ट्र जोगाउने हो भने साथ दिन देशवासीलाई आह्वान गरेका थिए ।
शाहको भनाइ थियो, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’ पूर्वराजाको उक्त अभिव्यक्तिपछि राजावादी उत्साहित देखिएका छन् । लिङ्देनसँगकाे अन्तरवार्ता -
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण