मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

बागमती गोल्डकप : मच्छिन्द्र र बागमती भिड्दै

बिहीबार, ०८ फागुन २०८१, ०८ : ४३
बिहीबार, ०८ फागुन २०८१

मकवानपुर । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार अन्तिम क्वाटरफाइनलको खेल हुँदैछ। सातौँ संस्करणको बागमती गोल्डकपमा बागमती-४ स्थित सहिद स्मृति रङ्गशालामा हुने खेलमा मच्छिन्द्र क्लब र सर्लाहीको बागमती युवा क्लब भिड्नेछन् ।

दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । दुवै टिम जीत निकाल्ने योजनासहित मैदान उत्रनेछन् । यसअघि गोल्डकप अन्तर्गतको पहिलो खेलमा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई हराउँदै बागमती युवा क्लब सर्लाही क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

मच्छिन्द्र भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो। मच्छिन्द्र गत संस्करणको विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको थियो । 

आगामी फाल्गुन १२ गतेसम्म सञ्चालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप