बन्द कूटनीतिक नियोग खोल्न तयार भएर अमेरिका–रुस

वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि रुससँगको अमेरिकाको सम्बन्ध सुध्रिन थालेको छ । मङ्गलवार साउदी अरबको रियादमा भएको बैठकमा साउदी अरब, रुस र अमेरिकाले युक्रेन युद्ध समाप्त हुनुअघि आपसी सम्बन्ध सुधार गर्न सहमति गरेका थिए ।
करिब साढे चार घण्टा चलेको बैठकमा दुवै देशका अधिकारीहरूले सकेसम्म चाँडो आ–आफ्ना दूतावासहरू पुनर्स्थापित गर्ने सहमति जनाए । दुई देशबिच तनावको अवस्था सिर्जना नहोस् भनेर चाँडै नै दूतावासमा कर्मचारी भर्ना गरिँदैछ ।
युक्रेन युद्ध सुरु भएपछि दुवै देशले आ–आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता बोलाएका थिए । दुवै देशका दूतावासहरू विगत तीन वर्षदेखि बन्द छन् ।
यसबाहेक, द्विपक्षीय वार्तामा दुवै देशले व्यापार र लगानी पुनस्र्थापित गर्न पनि सहमति जनाए । साथै युक्रेनमा युद्धविराम र रुस अनि अमेरिकाका राष्ट्रपतिहरूको बैठकबारे पनि ठूलो निर्णय भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पले छिटै एक अर्कालाई भेट्दैछन् ।