बन्द कूटनीतिक नियोग खोल्न तयार भएर अमेरिका–रुस
वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि रुससँगको अमेरिकाको सम्बन्ध सुध्रिन थालेको छ । मङ्गलवार साउदी अरबको रियादमा भएको बैठकमा साउदी अरब, रुस र अमेरिकाले युक्रेन युद्ध समाप्त हुनुअघि आपसी सम्बन्ध सुधार गर्न सहमति गरेका थिए ।
करिब साढे चार घण्टा चलेको बैठकमा दुवै देशका अधिकारीहरूले सकेसम्म चाँडो आ–आफ्ना दूतावासहरू पुनर्स्थापित गर्ने सहमति जनाए । दुई देशबिच तनावको अवस्था सिर्जना नहोस् भनेर चाँडै नै दूतावासमा कर्मचारी भर्ना गरिँदैछ ।
युक्रेन युद्ध सुरु भएपछि दुवै देशले आ–आफ्ना दूतावासबाट कर्मचारीहरूलाई फिर्ता बोलाएका थिए । दुवै देशका दूतावासहरू विगत तीन वर्षदेखि बन्द छन् ।
यसबाहेक, द्विपक्षीय वार्तामा दुवै देशले व्यापार र लगानी पुनस्र्थापित गर्न पनि सहमति जनाए । साथै युक्रेनमा युद्धविराम र रुस अनि अमेरिकाका राष्ट्रपतिहरूको बैठकबारे पनि ठूलो निर्णय भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पले छिटै एक अर्कालाई भेट्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण