अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : किर्गिस्तानलाई म्यानमारले सजिलै हरायो
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५’ मा म्यानमारले लगातार दोस्रो जित हासिल गरेको छ । म्यानमारले दशरथ रंगशालामा खेलिएको खेलमा किर्गिस्तानलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो ।
यसअघि, उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको थियो । म्यानमार ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । आफ्नो पहिलो खेलमा विजयी भएको आयोजक नेपाल तीन अंकसहित दोस्रो स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई नै १–० गोलले हराएको थियो ।
नेपालले बिहीबार नै लेबननको सामना गर्दैछ । नेपाल र लेबननबिचको खेल नेपाली समय अनुसार, साँझ १८ः०० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
किर्गिस्तानविरुद्धको खेलको दोस्रो मिनेटमै म्यानमारका लागि युन वादीले पहिलो गोल गरेकी थिइन् । निर्धारित समयको ३०औँ मिनेटमा सनदर लिनले म्यानमारको अग्रता दोब्बर बनाएकी थिइन् ।
त्यसको पाँच मिनेटपछि नै म्यानमारका लागि मे हतएत लुले तेस्रो गोल थपेकी थिइन् । निर्धारित समयको ४१औँ मिनेटमा म्यानमारका लागि युन वादीले चौथो गोल गरिन् ।
युन वादीले व्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि पहिलो हाफको खेलमै म्यानमारले ४–० को फराकिलो अग्रता हासिल गरेको थियो । दोस्रो हाफमा पनि म्यानमारले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दियो ।
निर्धारित समयको ४९औँ मिनेटमा मे हतएत लुले म्यानमारका लागि पाँचौँ गोल गरिन् । उक्त खेलमा उनले व्यक्तिगत रुपमा गरेको यो दोस्रो गोल थियो ।
प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसिया कप र विश्व फुटबल महासंघ (फिफा) महिला विश्वकपको तयारीका क्रममा यो प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता फिफा इन्टरनेशल विन्डोअन्तर्गत आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण