यस्तो छ ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’
काठमाडौंँ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मायावी’ को भजन गीत ‘माता विंध्यवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशील सिटौला लगायतलाई फिचरिङ गरिएको छ । विंध्यवासिनी मन्दिरमै छायाङ्कन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवालको साथमा नव–नायक समीम खानको मुख्य भूमिका छ ।
राजुविक्रम थापाको डीओपी रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको ट्रेलरलाई दर्शकले निकै मन पराएका छन् ।
यसैले पनि फिल्मले फागुन १४ गते सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ । फिल्ममा राजु पराजुली र सुमित वलीको सह–निर्माण, प्रविन भट्टराई र करणसिंह कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जनको पनि लगानी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण