बागमतीलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा
मकवानपुर । मच्छिन्द्र क्लब बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेल जित्दै सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
बिहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मच्छिन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । मच्छिन्द्रको जीतमा खेलको ४३ औँ मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे ।
बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औँ मिनेटमा गोल लाइनमा हातले बल रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच भने मच्छिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने मच्छिन्द्र वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो । मच्छिन्द्र गत संस्करणको विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मच्छिन्द्रले उपाधि हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण