धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
बिहीबार, ०८ फागुन २०८१, २२ : १७
काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ । प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय निकालेको हो ।
बिहीबार सिंहदरबारका डिएसपी गंगा पौडेल र ट्राफिक प्रहरीका इन्स्पेक्टरले स्थानीयहरूसँग मिलेर अस्थायी बारको रूपमा डोरी टाँगेका हुन् । स्थायी बार नबन्दासम्मको लागी डोरी र रिफ्लेक्टर टाँगिएको डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
अनामनगरस्थित मदन भण्डारी कलेजनजिकै पर्ने सो स्थानबाट पुस २१ मा बिएए–८७१४ नम्बरको कार र गत सोमबार बा.२१ च ६६१४ नम्बरको कार धोविखोलामा खसेको थियो । त्यसअघि एउटा ट्याक्सी पनि दुर्घटनामा परेको थियो ।
स्थानीयको सहयोगमा अस्थायी रूपमा दुर्घटना रोक्ने उद्देश्यले डोरीको बार लगाएको डिएसपी पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण