मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजत पत्र खारेज
शुक्रबार, ०९ फागुन २०८१, ११ : ५२
काठमाडौँ । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजत पत्र खारेज भएको छ ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै नेपाल पेटाइमको इजाजत पत्र खारेज गरिएको जनाएको हो ।
राष्ट्र बैंकले नेपाल पेटाइमलाई ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन समेत दिएको छ ।
मोबाइल वालेट ‘नेपाल पेटाइम’ले भुक्तानी सेवा प्रदायकको रूपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजत पत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजत पत्र राष्ट्र बैंकले खारेज गरिदिएको जनाएको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण