मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजत पत्र खारेज
शुक्रबार, ०९ फागुन २०८१, ११ : ५२

काठमाडौँ । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजत पत्र खारेज भएको छ ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै नेपाल पेटाइमको इजाजत पत्र खारेज गरिएको जनाएको हो ।
राष्ट्र बैंकले नेपाल पेटाइमलाई ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन समेत दिएको छ ।
मोबाइल वालेट ‘नेपाल पेटाइम’ले भुक्तानी सेवा प्रदायकको रूपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजत पत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजत पत्र राष्ट्र बैंकले खारेज गरिदिएको जनाएको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फर्स्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज
-
बोर्ड तथा परिषद हटाउने प्रयास गर्दै बागमती सरकार
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर